वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १३, २०८१
|
|
१९ पटक हेरिएको
Shares
वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट

सारांश

  • मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
  • भेटमा मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसआइडी)ले विगत सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिएका थिए  ।
  • मन्त्री शाहीले भने, ‘नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।

१३ भदौ , काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसआइडी)ले विगत सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिएका थिए  । मन्त्री शाहीले भने, ‘नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।’ नेपालका हालैका दिनमा एमसिसीलगायत विभिन्न परियोजनामार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्त्वपूर्ण सहयोग रहँदै आएको मन्त्री ठकुरीले बताए ।उनले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमका माध्यमबाट जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भूकम्पपछिको पुनः निर्माणलगायत विभिन्न क्षेत्रमा अमेरिकाको सहयोग रहेको बताए । सो अवसरमा राजदूत थम्प्सनले वन मन्त्रालयको आगामी कार्ययोजना तथा समस्या र समाधानका उपायबारे जानकारी लिएका थिए । साथै उनले  युएसआइडीमार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको र नेपाल सरकार जलवायु परिवर्तन क्षेत्रमा केन्द्रित रहँदा खुसी लागेको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ
चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा