सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ९, २०८३
|
|
१२२ पटक हेरिएको
Shares
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना

सारांश

  • सूचना तथा सञ्चारमन्त्री डा.
  • विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताएका छन् ।
  • दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा रहेको रेडियो सगरमाथाको ३० औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले दुरुपयोग गरिरहेको अवस्थाबारे पर्याप्त आवाज नउठेको टिप्पणीसमेत गरे ।

काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताएका छन् ।दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा रहेको रेडियो सगरमाथाको ३० औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले दुरुपयोग गरिरहेको अवस्थाबारे पर्याप्त आवाज नउठेको टिप्पणीसमेत गरे ।

‘पाउनुपर्ने मिडियाले सहयोग पाइरहेका छैनन्, तर नपाउनुपर्नेले दुरुपयोग गरिरहेका छन् भन्ने विषयमा सञ्चार क्षेत्रबाट बलियो आवाज उठ्न सकेन,’ उनले भने । उनले श्रमजीवी पत्रकार, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्र तथा सरोकारवालाले समेत यस विषयमा पर्याप्त अध्ययन, अनुसन्धान तथा बहस नगरेको धारणा राखे । सरकारी स्रोत जनताको करबाट संकलित हुने भएकाले त्यसको उपयोग पारदर्शी, उत्तरदायी र जनहितमुखी हुनुपर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिए । त्यस्तै लोककल्याणकारी विज्ञापनमार्फत राज्यले सञ्चार क्षेत्रलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले हरेक वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी रकम यस शीर्षकमा खर्च हुने गरेको जानकारी दिए ।
उनले अहिलेको मिडिया परिदृश्य केही अलमलिएको, बाटो बिराइएको र असन्तुलित जस्तो देखिएको टिप्पणी गर्दै जनताको हितमा काम गर्ने सञ्चारमाध्यमले मात्रै राज्यको सहयोग पाउनुपर्ने बताए । त्यसका लागि सञ्चार क्षेत्रबाट सुझाव, सहकार्य र सुधारका लागि रचनात्मक बहस आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको लद्दाखमा स्वायत्तताको माग हिंसात्मक : चारको मृ*त्यु, दर्जनौँ घाइते
भारतको लद्दाखमा स्वायत्तताको माग हिंसात्मक : चारको मृ*त्यु, दर्जनौँ घाइते
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर