कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा एक सिट मात्र प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा दोस्रो ठुलो दल बनेको छ ।
  • १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा एक लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठुलो दल बनेको हो ।
  • पहिलो दल बनेको नेपाली काँग्रेसले एक लाख ३४ हजार ३३३ मत ल्याएको छ ।

२५ फागुन,सुर्खेत ।

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा एक सिट मात्र प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा दोस्रो ठुलो दल बनेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा एक लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठुलो दल बनेको हो । पहिलो दल बनेको नेपाली काँग्रेसले एक लाख ३४ हजार ३३३ मत ल्याएको छ । समानुपातिकामा तेस्रो स्थानमा रहेको नेकपा एमालेले एक लाख ११ हजार ७११ मत ल्याएको छ । कर्णालीलाई आफ्नो आधार इलाका ठान्ने नेकपाले ९९ हजार ८४२ मत ल्याएर चौथो स्थानमा रहेको छ ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार आठ सय १६ मत ल्याएर प्रत्यक्षमा निर्वाचन जित्दा राप्रपाको समानुपातिकमा १५ हजार ३५७ मत पाएको छ । रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएर तेस्रो हुँदा उनको दलले कर्णालीबाट आठ हजार २२९ मत पाएको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पाँच हजार ८४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ । सुर्खेतका दुई निर्वाचन क्षेत्र, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र सल्यानबाहेक अरु सबै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारको धरौटी जफत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह
कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
१४ सयले घट्यो सुनको मूल्य
१४ सयले घट्यो सुनको मूल्य
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल
आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल
महेश बस्नेतको विरोधमा दुहबीमा  प्रदर्शन
महेश बस्नेतको विरोधमा दुहबीमा प्रदर्शन
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना