मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
५२६ पटक हेरिएको
Shares
मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन

सारांश

  • सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ ।
  •  आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन् ।
  •  मिटरब्याज पीडितहरू असार २५ देखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा रहेका बेला सरकारसँग निरन्तर वार्ता भइरहेको छ ।

३२ असार, जनकपुरधाम ।

सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ । आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन् । मिटरब्याज पीडितहरू असार २५ देखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा रहेका बेला सरकारसँग निरन्तर वार्ता भइरहेको छ ।

बाराको निजगढमा हालसम्म गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच चार चरणको वार्ता सम्पन्न भइसकेको छ । यद्यपि आन्दोलनले अघि सारेका ६ बुँदे मागलाई लिखित रूपमा वैधानिकता दिने विषयमा सहमति हुन नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन । आन्दोलनरत पक्षले गृहमन्त्रीले स्वीकार गरिसकेको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान दोहोर्‍याएको छ। लिखित सहमति नभएसम्म पैदल न्याय मार्च नरोकिने र आवश्यक परे काठमाडौंतर्फको यात्रा पुन: अघि बढाइने आन्दोलनको चेतावनी छ । सरकारसँगको आगामी चरणको वार्तामा यही औपचारिक टोलीले आन्दोलनरत मिटरब्याज पीडितहरूको प्रतिनिधित्व गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल