विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
३० पटक हेरिएको
Shares
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल

सारांश

  • पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
  • शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
  • उनले अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए ।

२८ असार, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए ।

एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताए । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको बताए ।  पूर्व प्रधानमन्त्री खनालले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो । त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ ।

अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदि विद्या भण्डारीले त्यो कुरा महसुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’ पूर्व प्रधानमन्त्री खनालले भण्डारी वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीति र एमालेमा प्रवेश गरेको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
देउवाकै अगाडि शेखरले दोहोर्‍याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन
देउवाकै अगाडि शेखरले दोहोर्‍याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन
उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने
उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने
पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल
पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी
फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश