मिथिलाञ्चलमा आज चैती छठ मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २, २०८१
|
|
५७ पटक हेरिएको
Shares
मिथिलाञ्चलमा आज चैती छठ मनाइँदै

सारांश

  • जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ ।
  • चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ ।
  • भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ ।

२ वैशाख, जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ ।

चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ । जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठको लागि गंगासागर र अर्गजासर दुल्ही झै सजाइएको छ । चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

चारदिनसम्म मअत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । आज सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठी माताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् ।

अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ । ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुने चलन छ । कात्तिकमा मनाइने छठ पर्व जतिको उल्लेख्य संख्यमा चैती छठपर्व मनाउनेको नभए भएपनि बर्सेनि संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै
लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु
आज दुई वटा समितिको बैठक बस्दै
आज दुई वटा समितिको बैठक बस्दै
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत