तीन बालकको पोखरीमा डुबेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
तीन बालकको पोखरीमा डुबेर मृत्यु

सारांश

  • मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
  • धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।
  • मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्।

२० भदौ , महेन्द्रनगर । मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्। मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान आएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन्। मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ।पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए। तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
लिग २ मा आज नेपालले ओमानसँग खेल्दै
लिग २ मा आज नेपालले ओमानसँग खेल्दै
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने
राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने