Press 4K
बिहिबार, १ आश्विन २०८३

गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २०, २०८२
|
|
५७ पटक हेरिएको
Shares
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

सारांश

  • आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न गरेको छ ।
  • गृह सचिव राज कुमार श्रेष्ठकोअध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारीहरुसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानी लगायतका विषयमा छलफल भएको हो ।
  • बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका विषयमा गहन छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

२० माघ,काठमाडौं ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न गरेको छ ।गृह सचिव राज कुमार श्रेष्ठकोअध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारीहरुसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानी लगायतका विषयमा छलफल भएको हो ।

बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका विषयमा गहन छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।
गृह सचिव श्रेष्ठले बैठकमा छलफल भएका विषयहरुका सम्बन्धमा आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको बैठक बसी प्रभावकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारीहरुको अतिरिक्त मन्त्रालयका महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु एवं मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...