निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले गुण लगाएर गए : विप्लव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
१७ पटक हेरिएको
Shares
निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले गुण लगाएर गए : विप्लव

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका छन् ।
  • बिहीबार काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै उनले अहंकारी सत्तालाई र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर, आगोलाई खरानी बनाइदिएर जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका हुन् ।
  • उनले भने, ‘जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् ।

२० कात्तिक, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै उनले अहंकारी सत्तालाई र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर, आगोलाई खरानी बनाइदिएर जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका हुन् ।

उनले भने, ‘जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । नेपालको राज्यसत्ता अन्धो थियो, राज्यसत्ता बहिरो थियो, राज्यसत्ता निरंकुश थियो, राज्यसत्ता मुर्ख बन्दै गएको थियो । जनताविरुद्धमा तानाशाही बन्दै गएको थियो । हाम्रा जेन–जीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी सत्ता एवम दलालहरु र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर आगोमा खरानी बनाइदिए । म ति शहीद र तिनका परिवारलाई सम्मान गर्न चाहन्छु ।’ जनयुद्धमा रगत बगाउने सर्वहाराको अपमान, त्यसको बेवास्ता गरिएको र स्वार्थको लागि संसदमा र्र्याल कारिरहेको बेला जेनजी आन्दोलन भएको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?