सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा ३ जना पक्राउ

सारांश

  • सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको छ ।
  • फरक–फरक कसुरमा तीन जनालाई पक्राउ गरेर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।
  • पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रनिगाहापुरका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवनको भरतपुरका ३७ वर्षीय रुपक शर्मा पौडेल र सप्तरीका ४४ वर्षीय लक्ष्मण यादव भनिने जगदीशप्रसाद यादव छन् ।

 

२१ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको छ । फरक–फरक कसुरमा तीन जनालाई पक्राउ गरेर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रनिगाहापुरका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवनको भरतपुरका ३७ वर्षीय रुपक शर्मा पौडेल र सप्तरीका ४४ वर्षीय लक्ष्मण यादव भनिने जगदीशप्रसाद यादव छन् । अधिकारीले फेसबुकमार्फत एक महिलालाई साथी बनाई उनको गोप्य तस्वीर तथा भिडिओहरू आफन्तलाई पठाई चरित्र हत्या गरेको आरोप छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोका एसपी भाग्येन्द्र पुरुष ढकालले बताए । अर्का प्रतिवादी शर्मा र यादवले पनि अर्की एक महिलाको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ