मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार

सारांश

  • नवनियुक्त मन्त्रीले पदबहाली गर्ने दिन कुनै निर्णय सार्वजनिक गर्नु परम्परा जस्तै बनिसकेको छ ।
  • स्वास्थ्य मन्त्रालयमा पद समालेसँगै नयाँ प्राथमिकता देखाउने चलन लामो समयदेखि देखिँदै आएको पनि हो ।
  • तर यसपटक भने स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न आइपुगेकी मन्त्री निशा मेहताले उक्त अभ्यासलाई तोडिन् ।

१३ चैत, काठमाडौं ।

नवनियुक्त मन्त्रीले पदबहाली गर्ने दिन कुनै निर्णय सार्वजनिक गर्नु परम्परा जस्तै बनिसकेको छ । स्वास्थ्य मन्त्रालयमा पद समालेसँगै नयाँ प्राथमिकता देखाउने चलन लामो समयदेखि देखिँदै आएको पनि हो । तर यसपटक भने स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न आइपुगेकी मन्त्री निशा मेहताले उक्त अभ्यासलाई तोडिन् । मन्त्रालयमा आयोजित संक्षिप्त परिचयात्मक कार्यक्रममा मन्त्री मेहताले आफू नर्सिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै स्वास्थ्य सेवामा जनताको पहुँच विस्तार गर्नु मुख्य लक्ष्य रहेको सुनाइन् ।

‘मेरो उद्देश्य आम नागरिकले सहज रूपमा उपचार सेवा पाउन् भन्ने हो,’ मन्त्री मेहताले भनिन्, ‘उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भनेर काम गर्नेछु ।’ स्वास्थ्य सेवामा काम गरिसकेको अनुभवका आधारमा आफ्ना प्राथमिकता पनि स्पष्ट गरिन् । मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति विदेश पलायन हुनु अर्को ठूलो चुनौती बनेको पनि औँल्याइन् । चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई देशमै काम गर्न उत्प्रेरित गर्ने वातावरण बनाउनु आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले धेरै डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी विदेश गइरहेका छन् । उनीहरूका लागि पर्याप्त मोटिभेसनल फ्याक्टर छैन,’ मन्त्री मेहताले भनिन्,‘ स्वास्थ्यकर्मीलाई देशमै बसेर काम गर्न सक्ने वातावरण बनाउनु आवश्यक छ ।

मन्त्री मेहताको अनुसार धेरै नर्सहरूले विशेषज्ञता र उच्च अध्ययन गरे पनि उनीहरूलाई सोही अनुसारको अवसर प्राप्त नभएको अवस्था छ । ‘धेरै नर्सहरूले मास्टर्स वा विभिन्न स्पेसियलिटी गरेका छन्,‘ तर त्यसअनुसारको अवसर पाउन सकेका छैनन्,’ मेहताले भनिन्, ‘त्यस्तै चिकित्सकहरूमा पनि कामको सन्तुष्टि र पारिश्रमिक सम्बन्धी समस्या देखिन्छ । स्वास्थ्यकमीहरूलाई सन्तुष्ट बनाउन सके मात्रै उनीहरूले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सक्ने उनले बताइन् । ‘हाम्रो प्राथमिकता जनतालाई सेवा दिने हो, तर त्यसका लागि स्वास्थ्य क्षेत्रमा काम गर्ने मानव संसाधनलाई पनि सन्तुष्ट बनाउनु आवश्यक छ,’ मन्त्री मेहताले भनिन् ।

स्वास्थ्य क्षेत्र संवेदनशील भएको उल्लेख गर्दै मन्त्री मेहताले तत्कालै कुनै निष्कर्षमा नपुग्ने बताइन् ।  उनले पहिले मन्त्रालयका काम, समस्या र प्राथमिकताहरू अध्ययन गर्ने बताइन् । ‘स्वास्थ्य क्षेत्र निकै ठूलो छ र धेरै पक्षहरू छन्,’ उनले भनिन्, ‘अहिले धेरै कुरा बुझ्न बाँकी छ । अलि राम्रोसँग बुझेर मात्रै निर्णयमा हस्ताक्षर गर्नेछु ।’ नसर्ने रोग भयावह बन्दै गएको सन्दर्भ जोड्दै मेहताले रोग लागेपछि उपचारभन्दा पनि रोकथामका उपायमा केन्द्रित हुने बताइन् । ‘स्वास्थ्य क्षेत्रमा सबैभन्दा पहिले रोग लाग्नै नदिने उपायमा बढी ध्यान दिनुपर्छ,’ मेहताले भनिन, ‘त्यसतर्फ केन्द्रित भएर काम गर्न आवश्यक छ ।’ त्यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थामा हुने खरिद प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा पनि आफ्नो ध्यान रहने बताइन् । नेपालमा नयाँ उपकरण खरिदमा प्राथमिकता दिइने भए पनि मर्मत–सम्भारका लागि भने पर्याप्त बजेट नछुटाउँदा समस्या देखिएको उनको भनाइ छ । ‘नयाँ खरिद गर्नलाई प्राथमिकता दिन्छौँ, तर मर्मतका लागि बजेट नै हुँदैन । मर्मत गरेर पनि धेरै मेसिनहरू चलाउन सकिन्छ । त्यसतर्फ ध्यान दिन्छु,’ मन्त्री मेहताले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृ*त्यु
सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृ*त्यु
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक