अमेरिकी डलर घट्दा युरो र अष्ट्रेलियन डलर बढ्यो, अरुको कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
४१ पटक हेरिएको
Shares
अमेरिकी डलर घट्दा युरो र अष्ट्रेलियन डलर बढ्यो, अरुको कति ?

सारांश

  • आज केही विदेशी मुद्राको विनिमय दरमा घटबढ भएको छ ।
  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ केही घटेको छ भने युरो र अस्ट्रेलियन डलरको भाउ बढेको छ ।
  • आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ ।

३१ वैशाख, काठमाडौं ।

आज केही विदेशी मुद्राको विनिमय दरमा घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ केही घटेको छ भने युरो र अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबार खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा थियो ।

आज युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा बिक्रीदर १५२ रुपैयाँ २ पैसा छ । मंगलबार १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा थियो । आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबार एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै, आज पाउन्डस्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा रहेको छ ।जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा रहेको छ भने यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा रहेको छ । दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ :प्रधानमन्त्री कार्की
नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ :प्रधानमन्त्री कार्की
बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ*त्यु
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक