कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २७, २०८१
|
|
४० पटक हेरिएको
Shares
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

सारांश

  • कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् ।
  • प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् ।
  • उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् ।

२७ वैशाख, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् ।उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २९ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए । सर्वाेच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज बिहान प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने बताए । ‘हामी दाबी पेश गर्न जान्छौै, उपधारा ५ भएकाले प्रदेश प्रमुखले सनाखत गराउनुहुन्छ होला’, उनले भने, ‘कहिले सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको विषय हो, हामी तयार छौं ।’ ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ । आजै समर्थनको सनाखत गर्ने तयारी गरेका २ दलले आफ्ना सांसदलाई विराटनगर बोलाएका छन् । उपधारा ५ अनुसार सरकार गठन आह्वान भएका कारण आजै दाबी पेशपछि सांसदको हस्ताक्षर सनाखत गर्ने तयारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार मध्यरातमा दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । २७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेको थियो । त्यसबेला पनि प्रदेश प्रमुख खापुङले सांसदको हस्ताक्षर सनाखत गरी कार्कीलाई नियुक्ती दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति
राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य
एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल