दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १६, २०८०
|
|
१९ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति

सारांश

  • गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न छानविन गर्न छानविन समिति गठन गरेको छ ।
  • गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
  • समितिमा गृह मन्त्रालयका उपसचिव (कानून)का ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक सन्तोष भट्टराई, र गृह मन्त्रालयका उपसचिव सदस्य रहेका छन् ।

१६ चैत, काठमाडौं । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न छानविन गर्न छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।समितिमा गृह मन्त्रालयका उपसचिव (कानून)का ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक सन्तोष भट्टराई, र गृह मन्त्रालयका उपसचिव सदस्य रहेका छन् । गत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित दुर्गा प्रसाईंको अंगरक्षक दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए । उनीहरुले दुर्गा प्रसाईंले अनुमति लिएकाे हतियार बाेकेका थिए । जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२को पेस्तोल लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका थिए ।

उक्त हतियार सर्वोच्च अदालतबाट कानून विपरित इजाजतपत्र जारी भएको देखिन आएकोले सो इजाजतपत्र के कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानविन गर्न तथा अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्नु भनी आदेश जारी भएकोले व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्न समिति गठन गरेको जनाइएको छ । उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला
गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ
ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
कांग्रेसको पदाधिकारी बैठक जारी
कांग्रेसको पदाधिकारी बैठक जारी