कक्षा १२ को नतिजा सार्वजनिक
सारांश
- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
- बोर्डले केहिबेर अघि मात्रै नतिजा सार्वजनिक गरेको हो ।
- गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले केहिबेर अघि मात्रै नतिजा सार्वजनिक गरेको हो ।
गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए।
कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ। टेलिकमले सूचना जारी गर्दै आइभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइट मार्फत् नतिजा हेर्न सकिने जानकारी गराएको हो।
प्रतिक्रिया