पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताएका छन् ।
  • काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् ।
  • उनले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए ।

२३ कात्तिक, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए ।

अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १० अर्ब रुपैंया पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने बताए । देशको आर्थिक वातावरण सुधार गर्न महासंघ निरन्तर बहस र पैरबी गरिरहेको चर्चा गर्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्वको विषयलाई महासंघको प्राथमितासाथ उठाएको बताए । यस्तै उनले महासंघकको पवहलमा लामो समय देखिको टं्रक तथा डेडिकेटेर लाइनको समस्या समाधानको लागि सरकारसंग सहमतीको प्रयास गरेको र यो प्रयाससंगै विद्युतको विषयले दीर्घकालीन समाधान खोज्ने विश्वास लिएको बताए ।

अध्यक्ष ढकालले जिल्लानगर वाणिज्य संघहरुको माग अनुरुप विधान संशोधन गरि दुई जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिंदै यो व्यवस्थाबाट जिल्ला नगर वाणिज्य संघहरुहरु लाधान्वित हुने बताए । उनले सबैको साझा लक्ष्य स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल भएकाले यसको सहकार्यका लागि महासंघ सधैं तयार रहको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ
झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ: मन्त्री घिसिङ
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ: मन्त्री घिसिङ
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन
कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण