हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २७, २०८२
|
|
३० पटक हेरिएको
Shares
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
  • राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए ।
  • सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए ।

२७ साउन, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए । सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए । भ्रष्ट आचरण भएका व्यक्ति छन्भने पदासीन भए पनि तिनले मनदेखि अरूको सम्मान नपाउने उनको भनाइ छ ।

उनले संयुक्त राष्ट्रसङ्घको भनाइ उद्धृत गर्दै ‘कोही पनि पछि नपरून्’ (नो वान लेफ्ट बिहाइन्ड) भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवनयापनका लागि दृढ सङ्कल्प गर्न आग्रह गरे । “नेपाललाई विकसित मुलुकमा रुपान्तरणका लागि हामीले सुशासनको दृढ सङ्कल्प लिएर दौडन आवश्यक छ । अहिले असन्तुष्टि भड्काएर अराजकता मच्चाउन खोजिएको छ । त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “प्राकृतिक रुपमा उर्वर र ज्ञानको उद्भवभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन । अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ । त्यस क्रममा सतर्कता केन्द्रले सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन
प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन
बार निर्वाचनः मतगणना सोमबारदेखि
बार निर्वाचनः मतगणना सोमबारदेखि
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’
सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’
पोखरा महानगरपालिकामा अख्तियारको छापा
पोखरा महानगरपालिकामा अख्तियारको छापा
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन