बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
२७ पटक हेरिएको
Shares
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी

सारांश

  • बारामा शुक्रबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोकिँएर घाइते भएका ६ जना मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।
  •   कलैया उपमहानगरपालिका–१४ बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार बेलुकी ७:४० बजेतिर ४ जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बि आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोकिँदा ६ जना घाइते भएका थिए।
  •   तीमध्ये उपचारका क्रममा शनिबार दुई जनाको मृत्यु भएको हो।

११ असोज, वीरगन्ज ।

बारामा शुक्रबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोकिँएर घाइते भएका ६ जना मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।  कलैया उपमहानगरपालिका–१४ बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार बेलुकी ७:४० बजेतिर ४ जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बि आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोकिँदा ६ जना घाइते भएका थिए।  तीमध्ये उपचारका क्रममा शनिबार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका–११ कचोर्वाकी ३७ वर्षीया जुही साह र प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकलमा सवार महागढीमाई नगरपालिका–१ का १८ वर्षीय समशाद आलम देवान रहका छन्। जुहीको बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजे र आलमको भने त्यही अस्पतालमा उपचारका क्रममा शनिबार बिहान २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।

दुर्घटनामा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार मृतक जुहीका पति ३८ वर्षीय किशोरी साह, उनका दुई छोराहरू १३ वर्षीय  कौशल साह र १२ वर्षीय कृष्ण साह तथा महागढीमाई नगरपालिका–१ बस्ने १८ वर्षीय अफताब आलम घाइते छन्।  तीमध्ये मृतक जुहीका पति किशोरीको कलैया हस्पिटलमा र उनका दुई छोराहरू कौशल र कृष्णको भने वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए। अर्का घाइते अफताबको पनि नेशनल मेडिकल कलेजमै उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको नेपालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
अफगानिस्तानविरुद्ध चम्किए आकाश, एक्लैले लिए ५ विकेट
अफगानिस्तानविरुद्ध चम्किए आकाश, एक्लैले लिए ५ विकेट
मातृ स्वास्थ्य सुधारका लागि क्लिनिकल कोचिङ
मातृ स्वास्थ्य सुधारका लागि क्लिनिकल कोचिङ
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपामा बेग्लाबेग्लै ह्वीप
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपामा बेग्लाबेग्लै ह्वीप
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन