थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित

सारांश

  • थाइल्यान्ड र कम्बोडियाबीचको लडाइँ शुक्रबार दोस्रो दिनमा प्रवेश गरेको छ ।
  • बिहीबार सुरु सैन्य तनावमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
  • दशौँ हजारजना विस्थापित भएका बीबीसीले जनाएको छ ।

९ साउन, काठमाडौं ।

थाइल्यान्ड र कम्बोडियाबीचको लडाइँ शुक्रबार दोस्रो दिनमा प्रवेश गरेको छ । बिहीबार सुरु सैन्य तनावमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ । दशौँ हजारजना विस्थापित भएका बीबीसीले जनाएको छ । विश्व नेताहरूले युद्धविरामको आह्वान गरिरहेका छन् । विवादित सीमामा बिहीबार भीषण लडाइँ सुरु भएको थियो । त्यसले एक शताब्दीभन्दा पुरानो दुई दक्षिणपूर्वी एसियाली छिमेकीबीचको विवादको नाटकीय वृद्धिलाई संकेत गरेको छ ।

थाइल्यान्डका उबोन रत्चाथानी र सुरिन प्रान्तमा भएको झडपमा दर्जनौँ घाइते छन् । र, एक लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका जनाइएको छ ।कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा एक हजार ५०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यसैबीच, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुवै देशका नेतालाई तत्काल युद्धविरामका निम्ति अपिल गरिएको बताएका छन् । “म थाइल्यान्ड र कम्बोडिया दुवैले देखाएको सकारात्मक संकेत र अगाडि बढ्ने यो मार्गलाई विचार गर्ने इच्छुकताको स्वागत गर्छु,

” दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान)का अध्यक्ष समेत रहेका अनवरले फेसबुकमा लेखेका छन् । थाइल्यान्डले हालसम्म १४ सर्वसाधारण र एक सैनिकको मृत्यु भएको जनाएको छ । कम्बोडियाको ओड्डार मिन्चे प्रान्तका प्रान्तीय अधिकारीले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको जनाएका छन् । संयुक्त राज्य अमेरिकाले पनि तत्काल शत्रुता समाप्त गर्न र सर्वसाधारणको संरक्षण र द्वन्द्वको शान्तिपूर्ण समाधानका निम्ति आह्वान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज
बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
आठौँ अन्तरराष्ट्रिय मेयरकप वैशाख दोस्रो साता
आठौँ अन्तरराष्ट्रिय मेयरकप वैशाख दोस्रो साता
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक