ऊर्जामन्त्री खड्का चीन प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १०, २०८२
|
|
९८ पटक हेरिएको
Shares
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

सारांश

  •   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गरेका छन्।
  • सांघाई को–अपरेसन अर्गनाइजेसन (एससीओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना गर्न लागेको पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति मन्त्री खड्का त्यसतर्फ प्रस्थान गरेका हुन्।
  • बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।

१० असार, काठमाडौं । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गरेका छन्। सांघाई को–अपरेसन अर्गनाइजेसन (एससीओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना गर्न लागेको पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति मन्त्री खड्का त्यसतर्फ प्रस्थान गरेका हुन्।

बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ। यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ। उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता रहने छ।

मन्त्री खड्काले जुन २६ मा हुने ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’सम्बन्धी कार्यक्रमको उद्घाटनसत्रमा मन्तव्य राख्ने र सोही दिनका विभिन्न बैठकमा सहभागी हुने कार्यतालिका रहेको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ। साथै जुन २७ मा चीनका राष्ट्रिय ऊर्जा प्रशासकसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?