देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच आज भेटघाट भएको छ।
  • पार्टीको क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको कारबाही फुकुवाका विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा।

१ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच आज भेटघाट भएको छ। पार्टीको क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको कारबाही फुकुवाका विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालसहित सभापति देउवालाई भेट्न पुगेका हुन् । भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बर नखुलेका फारम जिल्ला-जिल्ला पठाएको विषय उठाउँदै यसले पार्टीभित्र देशव्यापी जटिलता सिर्जना गरेको बताएका छन् ।

उनले ती बिना नम्बरका फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउन निर्देशन दिन सभापति देउवालाई आग्रह गरेका छन्। कोइरालाको भनाइमा, नम्बरविहीन फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्नै नसक्ने अवस्था छ। त्यसैगरी, केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीप्रति देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबै कारबाही फुकुवा गर्नुपर्ने धारणा राखे। उनले पार्टीलाई महाधिवेशन र आगामी आम निर्वाचनमा केन्द्रित गरिनुपर्ने बताउँदै २०७९ सालको निर्वाचनका बेला गठबन्धनका सन्दर्भमा भएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने तर्क प्रस्तुत गरेका छन्। भेटघाटमा उठेका विषयमा सभापति देउवाले छलफल गरेर आवश्यक निर्णय लिने संकेत दिएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
वैशाख १८ गतेदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
वैशाख १८ गतेदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत  हेर्न पाउने
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
हुम्लामा भिरबाट घरमा ढुंगा खस्दा ४ जना घाइते
हुम्लामा भिरबाट घरमा ढुंगा खस्दा ४ जना घाइते