आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
३९ पटक हेरिएको
Shares
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च

सारांश

  • नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ ।
  • सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
  • यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ ।

१ साउन, काठमाडौं ।

नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ । सरकारले ल्याएका नयाँ करका दरहरू कतिपय १५ जेठ र बाँकी सबै आजैदेखि कार्यान्वयनमा आएका छन् ।

उता, महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा भने सरकारले लक्ष्यको ८२५ मात्र बजेट खर्च गर्न सकेको छ । उक्त आवमा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिएको थियो । असार मसान्तसम्म खर्च भने मात्र १५ खर्ब २३ अर्ब १० करोड बराबर भएको छ । यो लक्ष्यको ८१.८७ प्रतिशत हो ।पुँजीगत खर्च अहिले पनि दयनीय रह्यो । तीन खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च दुई खर्ब २२ अर्ब मात्र भयो । जुन लक्ष्यको ६३.२ प्रतिशत मात्र हो । चालु खर्च ८५.९५ र वित्तीय व्यवस्था तर्फको बजेट ८७.१४ प्रतिशत मात्र खर्च हुन सकेको महालेखाको तथ्यांक छ । सरकारको आम्दानी र खर्चका बीचमा तीन खर्बमाथिको खाडल देखिएको छ । जसको पूर्तिका लागि आन्तरिक तथा बाह्र ऋण उठाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
बस पार्कमा आगलागी झन्डै ७ लाखको क्षति
बस पार्कमा आगलागी झन्डै ७ लाखको क्षति
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै
संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई