रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए

सारांश

  • बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन् ।
  • सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना भएका थिए ।
  • उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रशंसक र अन्य कलाकारहरू अस्पताल पुगेका थिए ।

२६ कात्तिक, काठमाडौं ।

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन् । सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना भएका थिए । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रशंसक र अन्य कलाकारहरू अस्पताल पुगेका थिए ।ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीत समदानीले एएनआईसँग कुरा गर्दै बताए अनुसार, धर्मेन्द्र बुधबार बिहान ७ः३० बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले बताए, “धर्मेन्द्रलाई आज बिहान ७ः३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका परिवारले अहिले घरमै उनको हेरचाह गरिरहेका छन् । उहाँको उपचार, व्यवस्थापन र स्वास्थ्य सुधार जारी रहोस् भनेर प्रार्थना गर्नुहोस।”

सनी देओलको टोलीको आधिकारिक विवरणमा भनिएको छ कि धर्मेन्द्रले घरमै डाक्टरको निगरानीमा उपचार र विश्राम गर्नेछन् । टोलीले सञ्चारमाध्यम र जनतालाई उनकी र परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ । धर्मेन्द्रका नजिकका परिवारका सदस्यहरूले बताएका छन् कि उहाँ घरमै आईसीयूको निगरानीमा उपचार गर्नेछन् । निर्देशक गुड्डु धनोआले पनि भेट गरेपछि बताए, “उहाँ सुधार गर्दै हुनुहुन्छ। अहिले उहाँ ठीक हुनुहुन्छ ।”

सोमबार उनको घर जुहु, मुम्बईमा एम्बुलेन्स प्रवेश गरेको देखिएको थियो । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि सलमान खान, गोविन्दा, अमीषा पटेल लगायतका बलिउड कलाकारहरू अस्पताल पुगेका थिए । धर्मेन्द्रका परिवारका सदस्यहरू, जसमा सनी देओल, बोबी देओल, उनका नातिनी÷नातिनाहरु करन देओल र राजवीर देओल, पत्नी हेमा मालिनी लगायत अन्य सदस्यहरू पनि उपस्थित थिए । मंगलबार, आमिर खान आफ्नी प्रेमिका गौरी स्प्राटसहित अस्पताल पुगेका थिए । कामको कुरा गर्दा, धर्मेन्द्र आगामी फिल्म ‘इक्कीस’ मा देखिने तयारीमा छन् । यो फिल्म श्रीराम राघवनले निर्देशन गर्नेछन् र अग्रगामी भूमिकामा अगस्त्य नन्दा रहनेछन्। चलचित्र २५ डिसेम्बरमा प्रदर्शन हुने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरको होटलमा एक युवक मृत फेला
जनकपुरको होटलमा एक युवक मृत फेला
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने
सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने
इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु
इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
भारतीय राजदूत श्रीवास्तव आज डिस्चार्ज हुने
भारतीय राजदूत श्रीवास्तव आज डिस्चार्ज हुने