बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी

सारांश

  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध सिरहामा पनि उजुरी दर्ता भएको छ ।
  • नेकपा (एमाले) निकट भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गराएका हुन् ।
  • उनीहरूविरुद्ध राजनीतिक आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र समाजमा विभाजन पैदा गर्ने गतिविधि गरेको आरोप उजुरीमा उल्लेख गरिएको छ ।

२९ असोज, सिरहा ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध सिरहामा पनि उजुरी दर्ता भएको छ । नेकपा (एमाले) निकट भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गराएका हुन् । उनीहरूविरुद्ध राजनीतिक आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र समाजमा विभाजन पैदा गर्ने गतिविधि गरेको आरोप उजुरीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो । घटनापछि स्थानीय तथा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरी यस विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको मृत्यु
कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको मृत्यु
प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै
प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो
आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो
बिरगंजको अवस्था तनावग्रस्त भए पछी, कर्फ्यु जारी
बिरगंजको अवस्था तनावग्रस्त भए पछी, कर्फ्यु जारी
अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव
अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य