इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं

सारांश

  •   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् ।
  • ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन ।
  • ’ उनले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै सरकारले पुनः प्रदर्शनकारीमाथि दमन बढाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

२६ पुस, काठमाडौं । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् । ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन ।’ उनले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै सरकारले पुनः प्रदर्शनकारीमाथि दमन बढाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘यदि उनीहरूले फेरि मानिसहरू मार्न थाले भने हामी कारबाही गर्नेछौं । हामी त्यहीँ प्रहार गर्नेछौं, जहाँ उनीहरूलाई सबैभन्दा बढी पीडा हुन्छ ।’ उनले उक्त कारबाही सैन्य हस्तक्षेप नहुने बताएका छन् । इरानमा पछिल्ला १३ दिनदेखि सरकारविरोधी प्रदर्शन जारी छ । प्रदर्शन हिंसात्मक बन्दा धेरैले ज्यान गुमाएका छन् । मानवअधिकार समूहहरूका अनुसार प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
रोहितको ९५ रनको मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
रोहितको ९५ रनको मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य