सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
९२ पटक हेरिएको
Shares
आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सारांश

  • आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।
  • प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
  • बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

५ चैत, काठमाडौं ।

आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ । उजुरी अध्ययनको विषय पनि छलफलको कार्यसूची रहेको छ । दिउँसो २ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत