भाटभटेनीमा जलेका ६ वटा श*वको अझै पहिचान भएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
भाटभटेनीमा जलेका ६ वटा श*वको अझै पहिचान भएन

सारांश

  •   गएको भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनका क्रममा आगलागीमा परेर जलेका ६ वटा शवको पहिचान गर्नै मुस्किल भएको चिकित्सकहरूले बताएका छन्।
  •   त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागले ६ वटा शवको कंकाल ‘डीएनए’ परीक्षणका लागि पठाएको छ।
  • तर, नमुना पहिचान हुनै समस्या भएको चिकित्कसले बताएका छन्।

३० असोज, काठमाडौं । 

गएको भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनका क्रममा आगलागीमा परेर जलेका ६ वटा शवको पहिचान गर्नै मुस्किल भएको चिकित्सकहरूले बताएका छन्।  त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागले ६ वटा शवको कंकाल ‘डीएनए’ परीक्षणका लागि पठाएको छ। तर, नमुना पहिचान हुनै समस्या भएको चिकित्कसले बताएका छन्।  चाबहिलको चुच्चेपाटी भाटभटेनी भवनमा ६ वटा शव पूर्ण रुपमा जलेको अवस्थामा फेला परेका थिए। त्यहाँबाट खरानी र कंकाल संकलन गरेर परीक्षणाकाे लागि अस्पताल लगिएको थियो।

त्रिवि अस्पतालका पोस्टमार्टम विभाग प्रमुख डा.गोपाल चौधरीले कंकालबाट नमुना संकलन गरी नेपाल प्रहरीकाे केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए। ‘ती ६ वटा शव पूर्ण रुपमा जलेर खरानी मात्र बाँकी थियो। खरानीबाट नमुना संकलन गरी डीएनए परीक्षणका लागि पठाएका छौँ। नमुना हेर्दा व्यक्तिकाे पहिचान गर्न सकिने अवस्था छैन्,’ डा.चौधरीले भने।  आफन्त हराएको भनेर अहिलेसम्म कोही व्यक्ति पनि अस्पताल नआएको उनकाे भनाइ छ। चाैधरीले प्रहरीको ल्यावमा आफन्त पुगे मात्र परीक्षणकाे प्रकृया अघि बढ्ने जनाए।  ‘हाम्रो काम नमुना निकाल्ने हो। त्यो नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मात्र परीक्षण हुन्छ। तर ती शवको नमुनाबाट व्यक्तिको पहिचान हुने सम्भावना निकै न्यून छ,’ उनले भने, ‘परीक्षण हुन पनि दुई महिना समय लाग्छ।’ शवका केही अंग (दात, कपाल, रगत) भए मात्र डीएनए परीक्षण सम्भव हुने भन्दै चौधरीले ६ वटा शवको खरानी पोको पारेर अस्पताल ल्याइएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?