दोहोरो कर हटाउन सातै प्रदेशका सरकारसँग निजी क्षेत्रको अनुरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २८, २०८३
|
|
६६ पटक हेरिएको
Shares
दोहोरो कर हटाउन सातै प्रदेशका सरकारसँग निजी क्षेत्रको अनुरोध

सारांश

  • काेशी प्रदेशकाे राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दाेहाेराे कर हटाउन माग गरेकाे छ ।
  • मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्याेग वाणिज्य संघ काेशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेकाे हाे ।
  • नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नु पर्ने बताए ।

२८ असाेज, विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दाेहाेराे कर हटाउन माग गरेकाे छ ।

मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्याेग वाणिज्य संघ काेशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेकाे हाे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नु पर्ने बताए ।

संविधानको धारा २३६ ले एक प्रदेशबाट अर्कोमा हुने वस्तु तथा सेवाको ओसारपसारमा अवरोध वा शुल्क लगाउन निषेध गरे पनि ढुंगा, गिट्टी, बालुवा र कबाडीलगायत बस्तुमा दोहोरो कर तिर्नु पर्ने अवस्था रहेकाे उनले बताए । उनले एक तहमा तिरिएको शुल्कको रसिद सबै प्रदेशमा मान्य हुने व्यवस्था गर्न माग गरे ।

राउतले संघीयताको सफल कार्यान्वयनका लागि सातै प्रदेशले साझा आर्थिक नीति बनाउनुपर्ने पनि बताए । कच्चा पदार्थ निर्यात गर्ने र प्रशोधित वस्तु महँगोमा आयात गर्ने परम्परागत शैली त्यागेर स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र प्याकेजिङमा जोड दिने नीति सात प्रदेशले बनाउनु पर्ने बताए ।

‘कृषि, पर्यटन र उद्योगको प्रचुर सम्भावना हुँदाहुँदै पनि नीतिगत जटिलताका कारण निजी क्षेत्रले अपेक्षित नतिजा निकाल्न सकेको छैन,’ उनले भने ।

उनले भौगोलिक विशेषताका आधारमा मधेशलाई कृषि, बागमतीलाई प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई धार्मिक पर्यटन, कर्णाली र सुदूरपश्चिमलाई जडीबुटी र प्राकृतिक स्रोतमा आधारित विकास गर्न माग गरे । प्रदेशहरूबीच पर्यटन सर्किट र संयुक्त पर्यटन प्याकेज निर्माण गरेर पर्यटकको बसाइ लम्ब्याउन सकिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...