सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
१३३ पटक हेरिएको
Shares
सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

सारांश

  • प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताएका छन्।
  • शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.
  • ५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा भवन र स्रोत–साधन खरानी हुँदा पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणपछि नयाँ ऊर्जाका साथ प्रसारणलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरे।

काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताएका छन्। शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा भवन र स्रोत–साधन खरानी हुँदा पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणपछि नयाँ ऊर्जाका साथ प्रसारणलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरे।

उनले भने, ‘आन्दोलनको क्रममा ट्राफिक एफएमका स्रोत–साधन र भवन खरानी भएको अवस्थाको बाबजुद पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणसँगै नयाँ ऊर्जाका साथ अझ दृढ भएर नागरिकप्रति आफ्नो प्रतिबद्धतालाई कायम राख्दै प्रसारण यात्रालाई निरन्तरता दियो। यसलाई अवरुद्ध हुन दिएन।’ आईजीपी कार्कीले सडक सुरक्षालाई प्रहरीको मात्र जिम्मेवारीका रूपमा बुझ्ने सोच विकास हुन नहुने बताए। उनले भने, ‘सडक सुरक्षा मूलभूत रूपमा प्रहरीहरूले मात्र गर्ने होला भन्ने भाष्य विकास नहोस् भन्न चाहन्छु। अरू सबै मुलुकमा सडक सुरक्षा हामी सबैको दायित्व हो। हाम्रोमा पनि त्यही हो। विभिन्न तहका सरकार, सम्बन्धित निकाय, सूचनाको प्रवाह गर्ने सञ्चारमाध्यम, निजी क्षेत्र तथा नागरिक समाजको साझा दायित्वका रूपमा बुझ्दा सडक सुरक्षित हुन्छ र हामी सबै सुरक्षित हुन्छौं। अन्ततः हामीले चाहेको पनि त्यही नै हो। त्यसका लागि सरोकारवाला निकायसँग परस्पर सहकार्य र समन्वय निरन्तर हुनु अपरिहार्य हुन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति