मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
सारांश
- मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्।
- शर्माले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै पदबाट राजीनामा दिएकी हुन्।
- शर्मा लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेकी थिइन्।
२७ असोज, जनकपुरधाम ।
मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। शर्माले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै पदबाट राजीनामा दिएकी हुन्। शर्मा लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेकी थिइन्। ‘मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिदेखि लागू हुने गरी यो राजीनामा पेस गर्दछु,’ राजीनामा पत्रमा तिवारीले लेखेकी छन्।

मधेस प्रदेश सभामा मुख्यमन्त्री सिंह अल्पमतमा परिसकेका छन्। राजीनामा नदिने अडानमा रहेका उनले अब विश्वासको मत लिनुपर्नेछ। यसअघि मुख्यमन्त्री सिंहलाई आफ्नै पार्टी जनमतले समर्थन फिर्ता लिइसकेको छ। सत्ता गठबन्धनमा साथ दिएका कांग्रेस र एमालेले समेत समर्थन फिर्ता लिएर नयाँ सरकारका लागि दाबी पेस गरिसकेका छन्।

प्रतिक्रिया