एमालेको समानुपातिक सूचीमा झापाबाट सबैभन्दा धेरै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
एमालेको समानुपातिक सूचीमा झापाबाट सबैभन्दा धेरै

सारांश

  • नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सबैभन्दा धेरै जना झापाबाट परेका छन्।
  • झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो ।
  • यहाँबाट मात्रै नौ जना एमालेको समानुपातिक बन्दसूचीमा परेका हुन्।

१७ पुष, झापा।

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सबैभन्दा धेरै जना झापाबाट परेका छन्। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । यहाँबाट मात्रै नौ जना एमालेको समानुपातिक बन्दसूचीमा परेका हुन्।

गत पुस १४ मा आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो परेका छन् । एमालेको समानुपातिक सूचीमा झापापछि काठमाडौं र धुनषाबाट ७/७ जना परेका छन् भने २१ जिल्लाबाट कोही पनि परेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ