ह*त्याको आरोपमा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
५१ पटक हेरिएको
Shares
ह*त्याको आरोपमा एक जना पक्राउ

सारांश

  • बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् ।
  • गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।
  • पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ ।

२२ असोज, बर्दिया ।

बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरु थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए । उनका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलमा मृतक बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिकेपछि कैलाली सम्म सुन बेच्न पुगेकोको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार एक्लै साइकल डोर्याएर हिँडेकी एन्जलले सुन लगाएको देखेपछि समिरले समातेको र झाँडीमा लगि घाँटी थिचेर मारेको स्विकारेका छन् । मारिसकेपछि शव छिट्टै सडोस र नेचुरल देखियोस भनेर नांगै बनाएर बालुवामा पुरेको तिरुवाले प्रहरीलाई बताएका छन् । मृत्यु भईसकेपछि बलत्कारको प्रयास गरेको समेत स्विकारेको प्रहरीले जनाएको छ । बालिकाको मृत्यु कसरी भएको र बलात्कार भए नभएको पोष्टमार्टम रिपोर्ट पछि मात्र खुलासा हुने प्रहरी उपरिक्षक पौडेलले बताए ।  उनले घटनाको थप अनुसन्धान भईरहेको  र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताए । हत्या आरोपी तिरुवालाई आजै बर्दिया आदालतमा उपस्थित गराई पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानको क्रममा संकास्पद ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । आज नै बालिकाको शव भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ ।

बालिकाको आमा देउमा देउवाले भारतीको हत्या भएको हुनसक्ने भएकोले शवको पोष्टमार्ट गरी घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पाताभारमा मंगलबार जाहेरी दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख तथा प्रहरी निरिक्षक मदन बहादुर गुरुङले बताए । गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं ५ गणेशपुर स्थित आफन्तको घरमा बैवाहिक कार्यक्रममा सहभागी हुने गएकी थिईन् । पछि कपडा फेर्ने भन्दै आफ्नो घर फर्कने क्रममा बाटोबाटै उनी सम्पर्क विहिन भएकी थिइन् । बालिका घर नफर्केपछि १७ गते साँझ नै परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।  बालिकाको खोजतलास गर्दै जाने क्रममा १८ गते शनिबार सोही वडाको मुलापानी बुढीखोलामा साइकल फेला परेका थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक
रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
सरकारले धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण भयाे : गृहमन्त्री लेखक
सरकारले धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण भयाे : गृहमन्त्री लेखक
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ