हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

सारांश

  • कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
  • आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो ।
  • अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए ।

 

२८ असोज, बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?