घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?
सारांश
- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो ।
- यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो ।

३ असार, काठमाडौ ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो । यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया