अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

सारांश

  • सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।
  • आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
  • पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए ।

२८ मंसिर, काठमाडौं ।

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो जिम्मेवारी चुनौतिपूर्ण छ । यसका लागि समय, लगनशीलता र सबैको साथ आवश्यक छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्ता विषयलाई सञ्चारमाध्यमले जसरी प्रस्तुत गर्छन्, जनताले पनि त्यही रूपमा बुझ्ने गर्छन् ।’

उनले आफ्नो पहिलो प्राथमिकताका रूपमा हिमाली क्षेत्रहरूमा थुप्रिएको फोहोर व्यवस्थापनलाई अघि बढाइने बताए । ‘हिमाली क्षेत्रमा अत्यधिक फोहोर जम्मा भएको विषयमा अदालतबाट समेत आदेश जारी भएको छ । सो आदेशको पालना गर्न हामीले तत्काल काम गर्नुपर्छ,’ उनले भने ।शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा मौजुदा मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेकी थिइन् । सिन्हाले यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरमा सरकारविरुद्ध सुकुमबासीको प्रदर्शन
जनकपुरमा सरकारविरुद्ध सुकुमबासीको प्रदर्शन
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : धवलशमशेर
हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : धवलशमशेर
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस
अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ