सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने

सारांश

  • २४ भदौमा जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोड तथा लुटपाट भएका उद्योगी–व्यवसायीले ३० दिनभित्र कर कार्यालयमा जानकारी दिनुपर्ने भएको छ ।
  • मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ३९क अनुसार आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारण हानि नोक्सानी भएमा करदाताले नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्न पाउने व्यवस्था छ ।
  • तर, कुनै वस्तुको हानि नोक्सानी भए त्यसरी कर कट्टी गर्ने प्रयोजनका लागि घटना भएको ३० दिनभित्र कर अधिकृत समक्ष निवेदन दिनुपर्ने व्यवस्था पनि सोही नियममा छ ।

१९ असोज, काठमाडौं ।

२४ भदौमा जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोड तथा लुटपाट भएका उद्योगी–व्यवसायीले ३० दिनभित्र कर कार्यालयमा जानकारी दिनुपर्ने भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ३९क अनुसार आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारण हानि नोक्सानी भएमा करदाताले नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्न पाउने व्यवस्था छ ।

तर, कुनै वस्तुको हानि नोक्सानी भए त्यसरी कर कट्टी गर्ने प्रयोजनका लागि घटना भएको ३० दिनभित्र कर अधिकृत समक्ष निवेदन दिनुपर्ने व्यवस्था पनि सोही नियममा छ । भ्याट कानुन बमोजिम जुनसुकै सम्पत्तिको क्षति भएको जानकारी ३० दिनभित्र कर कार्यालयलाई लिखित दिनैपर्ने र निवेदन दर्ता गरेर त्यसको एकप्रति आफूले सुरक्षित राख्नुपर्ने चार्टर्ड एकाउन्टेन्ट (सीए) शेषमणि दाहाल बताउँछन् ।

त्यस्तो सम्पत्तिको बीमा गरेको भए पनि हानि नोक्सानीबारे कर कार्यालयलाई जानकारी गराउनुपर्ने उनले बताए । ‘कर कार्यालयमा दिइने निवेदनमा सम्पत्तिमा क्षति भएको र त्यसको भ्याट कानुन बमोजिम मूल्यांकन गरी क्षति यकिन गरिदिनुहुन’ भन्ने उल्लेख गर्नुपर्ने पनि उनले बताए ।तर, त्यस्तो निवेदनमा अनुमानित नोक्सानी रकम उल्लेख गर्न अनिवार्य नभएको उनको भनाइ छ ।

‘क्षति भएको जानकारी ३० दिनभित्र नदिए कर कार्यालयले त्यस्तो क्षतिलाई अमान्य गरी १३ प्रतिशत भ्याट उठाउन सक्छ । यसरी निवेदन दिन छुटेका कारण विगतमा यस्ता धेरै वटा नोक्सानीमा सरकारले भ्याट उठाएका उदाहरण छन्,’ सीए दाहालले भने । भ्याटमा दर्ता नभएका करदाताका हकमा कानुन बमोजिम सूचना दिन अनिवार्य नभए तापनि सूचना नदिएका कारण विभिन्न समस्या सिर्जना भइरहेका कारण सूचना दिँदा उत्तम हुने पनि उनले बताए । जेनजी आन्दोलनका नाममा आक्रमणकारीले भाटभटेनी, सीजी, हिल्टन होटल लगायत दर्जनौं निजी व्यवसायमा आजगनी, तोडफोड र लुटपाट गरेका थिए । त्यस क्रममा ८० अर्बभन्दा बढीको क्षति भएको अनुमान छ । त्यसरी क्षति बेहोरेका व्यवसायीलाई कर तथा भन्सार छुट दिने लगायत पुनरुत्थान योजना सरकारले ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला
‘शाही चिकित्सक’ डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
‘शाही चिकित्सक’ डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु