जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने

सारांश

  • २४ भदौमा जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोड तथा लुटपाट भएका उद्योगी–व्यवसायीले ३० दिनभित्र कर कार्यालयमा जानकारी दिनुपर्ने भएको छ ।
  • मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ३९क अनुसार आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारण हानि नोक्सानी भएमा करदाताले नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्न पाउने व्यवस्था छ ।
  • तर, कुनै वस्तुको हानि नोक्सानी भए त्यसरी कर कट्टी गर्ने प्रयोजनका लागि घटना भएको ३० दिनभित्र कर अधिकृत समक्ष निवेदन दिनुपर्ने व्यवस्था पनि सोही नियममा छ ।

१९ असोज, काठमाडौं ।

२४ भदौमा जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोड तथा लुटपाट भएका उद्योगी–व्यवसायीले ३० दिनभित्र कर कार्यालयमा जानकारी दिनुपर्ने भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ३९क अनुसार आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारण हानि नोक्सानी भएमा करदाताले नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्न पाउने व्यवस्था छ ।

तर, कुनै वस्तुको हानि नोक्सानी भए त्यसरी कर कट्टी गर्ने प्रयोजनका लागि घटना भएको ३० दिनभित्र कर अधिकृत समक्ष निवेदन दिनुपर्ने व्यवस्था पनि सोही नियममा छ । भ्याट कानुन बमोजिम जुनसुकै सम्पत्तिको क्षति भएको जानकारी ३० दिनभित्र कर कार्यालयलाई लिखित दिनैपर्ने र निवेदन दर्ता गरेर त्यसको एकप्रति आफूले सुरक्षित राख्नुपर्ने चार्टर्ड एकाउन्टेन्ट (सीए) शेषमणि दाहाल बताउँछन् ।

त्यस्तो सम्पत्तिको बीमा गरेको भए पनि हानि नोक्सानीबारे कर कार्यालयलाई जानकारी गराउनुपर्ने उनले बताए । ‘कर कार्यालयमा दिइने निवेदनमा सम्पत्तिमा क्षति भएको र त्यसको भ्याट कानुन बमोजिम मूल्यांकन गरी क्षति यकिन गरिदिनुहुन’ भन्ने उल्लेख गर्नुपर्ने पनि उनले बताए ।तर, त्यस्तो निवेदनमा अनुमानित नोक्सानी रकम उल्लेख गर्न अनिवार्य नभएको उनको भनाइ छ ।

‘क्षति भएको जानकारी ३० दिनभित्र नदिए कर कार्यालयले त्यस्तो क्षतिलाई अमान्य गरी १३ प्रतिशत भ्याट उठाउन सक्छ । यसरी निवेदन दिन छुटेका कारण विगतमा यस्ता धेरै वटा नोक्सानीमा सरकारले भ्याट उठाएका उदाहरण छन्,’ सीए दाहालले भने । भ्याटमा दर्ता नभएका करदाताका हकमा कानुन बमोजिम सूचना दिन अनिवार्य नभए तापनि सूचना नदिएका कारण विभिन्न समस्या सिर्जना भइरहेका कारण सूचना दिँदा उत्तम हुने पनि उनले बताए । जेनजी आन्दोलनका नाममा आक्रमणकारीले भाटभटेनी, सीजी, हिल्टन होटल लगायत दर्जनौं निजी व्यवसायमा आजगनी, तोडफोड र लुटपाट गरेका थिए । त्यस क्रममा ८० अर्बभन्दा बढीको क्षति भएको अनुमान छ । त्यसरी क्षति बेहोरेका व्यवसायीलाई कर तथा भन्सार छुट दिने लगायत पुनरुत्थान योजना सरकारले ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली
देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
दुई आयोजनालाई राष्ट्रिय गौरवबाट हटाउन सिफारिस
दुई आयोजनालाई राष्ट्रिय गौरवबाट हटाउन सिफारिस
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने