दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

सारांश

  • नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।
  • २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जले तीन जनालाई पक्राउ गरेको थियो ।
  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भइ बुढानिलकण्ठ बस्ने ४४ वर्षीय रणबहादुर सिंह, बुढानिलकण्ठ नै बस्ने ३१ वर्षीय सुसम श्रेयठ र काभ्रे घर भइ बूढानीलकण्ठ बस्ने ३९ वर्षीय रेखा सुनार भनिने सानी सुनारलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो ।

२३ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जले तीन जनालाई पक्राउ गरेको थियो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भइ बुढानिलकण्ठ बस्ने ४४ वर्षीय रणबहादुर सिंह, बुढानिलकण्ठ नै बस्ने ३१ वर्षीय सुसम श्रेयठ र काभ्रे घर भइ बूढानीलकण्ठ बस्ने ३९ वर्षीय रेखा सुनार भनिने सानी सुनारलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूलाई आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । रेखालाई भने २५ हजार धरौटीमा छाड्न आदेश भएको छ । उनीहरूविरुद्ध साढे ७ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ । तत्कालीन मन्त्री खड्काका भाइ जीवन खड्काले प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । जहाँ बुढानिलकण्ठ–१ स्थित कित्ता नम्बर ५४ मा रहेको साढे २ तले घर, बा २४ च ५०७०, बा. प्र.–०१–०२९ च ३३०४ नम्बरको निजी गाडी, बा १ झ ८८८१ र बा १ झ ४९२८ नम्बरको सरकारी गाडी जलाइएको जाहेरीमा उल्लेख छ ।

त्यसैगरी सुनको ६ तोलाको रानिहार, सुनको चुरा, डायमण्ड र मोती हार ३ सेट, ६ तोलाको सुनको औठी ६ थान, १ सेट मुगाको टप र औठी, सुनको तिलहरी १ थान, डायमण्डको टप ४ थान, बच्चाको सुनको सिक्री ५ तोला लगेको दाबी गरिएको छ । नगद ५ लाख, अमेरिकी डलर ७ सय ल्यापटप, कम्युटर, ब्यागल अन्य बहुमुल्य सामानहरू गरी साढे ७ करोड डाँका चोरी गरेर लगेको दाबी गरिएको थियो । मुद्दा चलाइएका मध्ये रणबहादुर ११ वर्ष सेनाको जागिर खाएर २०६८ सालमा छाडेका व्यक्ति हुन् । उनी बूढानीकलण्ठमै घर बनाएर बस्दै आएका थिए । सुसम पनि बुढानिलकण्ठमै रेष्टुरेन्ट व्यवसाय गर्दै आएका व्यक्ति हुन् । रेखा भने ज्याला मजदुरी गर्दै आएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
सल्यानमा मिनी ट्रक दुर्घटना, घटनास्थलमै चालकको मृत्यु
सल्यानमा मिनी ट्रक दुर्घटना, घटनास्थलमै चालकको मृत्यु
पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु
पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड