प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।
  • जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
  • सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे पत्र प्राप्त भएको र सचिवालयले त्यस अनुसार तयारी थालिसकेको जानकारी दिए । यस विषयमा प्रधानमन्त्री प्रचण्डले विहीबार बेलुका संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग पनि छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए । उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
नेपाल सुन्दर छ, तर जोखिमपूर्ण छ : गृहमन्त्री
नेपाल सुन्दर छ, तर जोखिमपूर्ण छ : गृहमन्त्री
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह
कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह
सिद्धार्थ बैंकका प्रबन्धक अरन बलम्पाकी पक्राउ
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित