बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
४२ पटक हेरिएको
Shares
बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठक

सारांश

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भनिएको बैठक केही बेर अगाडि शुरू भएको हो ।
  • प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।
  • सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल हुनेछ ।

३ फागुन,  सत्ता पक्षीय दलहरूको बैठक शुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भनिएको बैठक केही बेर अगाडि शुरू भएको हो ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ । सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी रहेका छन् ।

यसअघि शुक्रबार सत्ता पक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रमा रहेका दुवै दलका नेताहरू बैठकमा सहभागी थिए ।  बैठकमा सरकार सञ्चालनका विषय, संसद्‌मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानून निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते
बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू