नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
३० पटक हेरिएको
Shares
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

सारांश

  •   नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।
  • बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
  • केन्द्रीय समिति बैठकका लागि आइतबार बसेको पदाधिकारी बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको छ ।

१६ असार, काठमाडौं । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समिति बैठकका लागि आइतबार बसेको पदाधिकारी बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको छ ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाअनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुनेछ ।

कांग्रेसका सात भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । यसैगरी, क्रियाशील सदस्यता वितरणका बारेमा महामन्त्री गगन थापाले जानकारी गराउने छन् । थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ । बैठकमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गरिने, सङ्घीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा पनि रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड