कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)

सारांश

  • पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
  • माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् ।
  • सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए । ‘हामी स्वास्थ्यकर्मी दिनहुँ भौतिक आक्रमण, हातपात, तथा दुर्व्यवहार भोगिरहेका छौं । कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुन सकेको छैन,’ डा. ओखेडाले अनलाइखबरसँग भने, ‘आज हामीले सचेतनामूलक र्‍याली गरेका हौं । हामी कार्यस्थलमा असुरक्षित महसुस गरेर सडकमा उत्रिएका हौं ।’

उनीहरुले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, अस्पतालमा नआउ डाक्टर बिरामीको दुवैको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो । लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो । डाक्टरमाथि हातपात गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

तस्वीरहरु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
संगीतकार एवं गायक गुरुदेव कामतको निधन
संगीतकार एवं गायक गुरुदेव कामतको निधन
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
काठमाडौंमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा। 
काठमाडौंमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा।