प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
२२ पटक हेरिएको
Shares
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन् ।
  • वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणतिर उन्मुख रहेको बताएका हुन् ।
  • उनले भने, ‘हाम्रो पहिलो निष्ठा देशवासी र मानवजातिप्रति हो ।

१६ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन् । वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणतिर उन्मुख रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो पहिलो निष्ठा देशवासी र मानवजातिप्रति हो । हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ । ’ उनले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव–जन्तुप्रति एमाले पार्टी दृढ रहेको दोहोरि याए । नेपालको भूभागको ठूलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै ओलीले वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार मात्र संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गरे ।

‘हाम्रा वनले धान्ने संख्यामा मात्रै बाघ पाल्नुपर्छ । हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन,’उनले भने । वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसङ्ग उठाउँदै ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गरे । ‘हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ । हामीले तेल किनेरे चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन,’उनले भने । ओलीले सुरक्षित विश्व, सुरक्षित पृथ्वी र सुरक्षित मानव भविष्यका लागि इको–सिस्टमलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
भारतको हिमाचलमा ग्यास सिलिन्डर वि*स्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृ*त्यु
भारतको हिमाचलमा ग्यास सिलिन्डर वि*स्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृ*त्यु
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते
उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद
सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद
आज चार संसदीय समितिको बैठक बस्दै
आज चार संसदीय समितिको बैठक बस्दै
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ