दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी

सारांश

  •   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटकपटक उपस्थित हुन नमानेपछि अभियोजकले सोधपुछका लागि बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्।
  • गत डिसेम्बर ३ मा युनले दक्षिण कोरियामा नागरिक शासनको अन्त्य गर्ने र सैनिक शासन लागू गर्ने प्रयास गरेका थिए।
  • मार्सल कानुन जारी गरेको घोषणा गर्दै उनले संसद्लाई सेना लगाएर नियन्त्रण गर्ने प्रयास गरेका थिए।

१४ साउन, दक्षिण कोरिया ।  

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटकपटक उपस्थित हुन नमानेपछि अभियोजकले सोधपुछका लागि बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्। गत डिसेम्बर ३ मा युनले दक्षिण कोरियामा नागरिक शासनको अन्त्य गर्ने र सैनिक शासन लागू गर्ने प्रयास गरेका थिए। मार्सल कानुन जारी गरेको घोषणा गर्दै उनले संसद्लाई सेना लगाएर नियन्त्रण गर्ने प्रयास गरेका थिए।

हप्तौंसम्म गिरफ्तारीको विरोध गरेपछि जनवरीमा हिरासतमा लिइएका उनी दक्षिण कोरियाली इतिहासमा पक्राउ पर्ने पहिलो बहालवाला राष्ट्रपति बनेका थिए।  उनले मुद्दासँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने भन्दै राष्ट्रपति पदबाट निलम्बन गरिएको थियो। उनलाई मार्चमा विद्रोहको मुद्दा चलिरहेको समय प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर जुलाईको सुरुमा फेरि हिरासतमा लिई सोधपुछ गरिएको थियो।  संसदीय चुनावमा धाँधली भएको आरोपको अनुसन्धान गरिरहेका अभियोजकले युनलाई सोधपुछका लागि पटकपटक बोलाए पनि उनले उपस्थित हुन अस्वीकार गरेका थिए।‘विशेष अभियोजकको कार्यालयले पूर्वराष्ट्रपति युनलाई बिहान १० बजे उपस्थित हुन दोस्रो आदेश जारी गरेको थियो,’ अभियोजक ओह जियोङ हीले बुधबार पत्रकारसँग भने।

उनले उपस्थित हुन दोस्रो पटकको आदेश पनि उल्लंघन गरी अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए। उनले कुनै स्पष्टीकरण पनि दिएनन्। फलस्वरूप, विशेष अदालतले उनविरुद्ध औपचारिक रूपमा बुधबार दिउँसो सोधपुछका लागि हिरासतमा लिन पक्राउ पुर्जी जारी गरेको हो। युनलाई यसअघि नै हिरासतमा राखिएको भए पनि पक्राउ पुर्जी जारी भएपछि अभियोजकलाई उनलाई जबरजस्ती सोधपुछ गर्न अनुमति दिनेछ। युन र उनकी पत्नी पूर्वप्रथम महिला किम किन हीका लागि पनि कानुनी समस्या बढ्दै गएको छ। अभियोजकले युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले हिराको हार र महँगो ह्यान्डब्याग प्राप्त गरी किमलाई दिएको आरोपको पनि अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
आज घोडेजात्रा पर्व मनाइँद
आज घोडेजात्रा पर्व मनाइँद
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध
कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !