दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
२३ पटक हेरिएको
Shares
दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से

सारांश

  • अघिल्लो साता कारोबार हुने अन्तिम दिन अर्थात गत बिहीवार १६० दशमलव ३३ अंकले घटेको नेप्से आइतवार भने ह्वात्तै छ ।
  • आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११ दशमलव ७० अंकले बढेको छ ।
  • आइतवार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पुँजीकरण पनि ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

५ असोज, काठमाडौं ।

अघिल्लो साता कारोबार हुने अन्तिम दिन अर्थात गत बिहीवार १६० दशमलव ३३ अंकले घटेको नेप्से आइतवार भने ह्वात्तै छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११ दशमलव ७० अंकले बढेको छ । आइतवार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पुँजीकरण पनि ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

आइतवार नेप्सेमा २ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने २८ वटा कम्पनीको सेयर मूल्य घट्यो । आइतवार नेप्सेमा भएको सेयर कारोबारमा ९ वटा विभिन्न कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लाग्यो । आजको सेयर कारोबारमा म्यूचुअल फन्ड र निर्जीवन बिमा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?