जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.
  • बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको छ ।
  • पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई बोलाएर सोधपुछ गरेको छ ।

१८ वैशाख, सर्लाही  ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको छ । पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई बोलाएर सोधपुछ गरेको छ । उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल रामद गरेको छ । बबी सिंहसँग सोधपुछ सप्तरी प्रहरीले घटनाबारे सर्लाही प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि अञ्जनी कुमारको घर खानतलासी गर्दा उक्त पेस्तोल भेटिएको डीएसपी सरोज राईले बताए ।

नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको हो । सर्लाहीका डीएसपी राईका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी-मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो । उनको १२ वैशाखमा भारतको सीतामढीका युवकसँग विवाह हुने तयारी थियो । सोही कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो । यसअघि भिडिओ भाइरल भएपछि नेतृ सिंहले समेत घटना भारतको सीतामढिको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । उक्त पेस्ताल खेलानौ भएको उनको दाबी थियो । तर घटना सीतामढीको नभई सर्लाहीको भएको खुलेको छ । बरामद पेस्तोल भने बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिस पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउन्ड ‘हवाई फायर’ गर्दा धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
लागू औषधसहित महिला पक्राउ
लागू औषधसहित महिला पक्राउ
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि
अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि
इटहरीको प्रदर्शनमा डीएसपीसहित दर्जनौ बढी घाइते, १३ जना पक्राउ
इटहरीको प्रदर्शनमा डीएसपीसहित दर्जनौ बढी घाइते, १३ जना पक्राउ