बाम्का बजार आगलागी: राहत बाँड्न समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
बाम्का बजार आगलागी: राहत बाँड्न समिति गठन

सारांश

  • बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ।
  • गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छ भने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ।
  • आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ।

२५ जेठ, बाजुरा ।

बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ। गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छ भने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ।

आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ। राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ। शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं-६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए।उनका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगङ्गा नगरपालिकाका उपप्रमुख माया खड्का (कुँवर), लगायत छन्।

दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, सङ्घ, प्रदेश र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगरप्रमुख थापाले जानकारी दिए। एक लाख सहयोग  बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले एक लाख राहतस्वरुप सहयोग गरेको छ। बुढीनन्दा नगरप्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई एक लाख नगद हस्तान्तरण गरेको बुढीगङ्गा –६ का वडाध्यक्ष जैशीले बताए। आगलागीपीडितका लागि राहत वितरण तथा पुनःस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको नगरप्रमुख बोहराले बताए। विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत
राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत
वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब
वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा