बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा हालसम्म ५९ थान इजाजत प्राप्त हातहतियार बुझाइएको छ ।
  • अझै ८३ थान बुझाउन बाँकी रहेकाले समयमै नबुझाए लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
  • जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनअघि सबै निजी हातहतियार बुझाउन निर्देशन दिएको थियो ।

 

१४ फागुन,काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा हालसम्म ५९ थान इजाजत प्राप्त हातहतियार बुझाइएको छ । अझै ८३ थान बुझाउन बाँकी रहेकाले समयमै नबुझाए लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनअघि सबै निजी हातहतियार बुझाउन निर्देशन दिएको थियो । जिल्लामा दर्तावाला १४२ हतियार रहेका छन् भने यसैबीच प्रहरीले निर्वाचन लक्षित सर्च अपरेशनका क्रममा ११५ थान अवैध हातहतियार समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?