१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

सारांश

  • सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।
  • मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए ।

२४ भदौ, काठमाडौं ।

सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।

प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।यो कुरा डेढ वर्षदेखि भनिरहेका थियौं । सूचीकृत गर भनेका थियौं । नेपालको कानुन मान भनेका थियौं । हाम्रो राष्ट्रिय स्वाभिमानको कदर गर्ने कुरा हो’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘त्यसमा हमला भयो । सामाजिक सञ्जालमाथि एउटा देशलाई यसरी हेप्न पाइन्छ ? राष्ट्रको अपमान गर्नेगरी उनीहरूलाई खोलिदिने त ?’

जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्तत: सरकार निर्णयबाट पछि हटेको हो ।सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन
जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज