यस्तो छ तपाइको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
यस्तो छ तपाइको आजको राशिफल

सारांश

  • चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ।
  • आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला।
  • पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले आत्मबल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै रोकिएका कामहरु बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । पढाईको क्षेत्र राम्रो छ भने शेयर बजारबाट पनि लाभ लिन सकिने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । चन्द्र ग्रह तपाईंको राशिबाट द्वादश स्थानमा गोचर गर्ने भएकाले स्वास्थ्य कमजोर रहन सक्ने, शत्रुहरु आफुभन्दा बलवान् हुने, खर्चको मात्रा बढ्ने, काममा ढिलासुस्ती हुने तथा अनावश्यक विवाद हुन सक्ने भएकाले सचेत हुनुपर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि समय शुभ रहेको छ। चन्द्र ग्रह गोचरमा लाभस्थानमा रहने भएकाले आयआर्जन बढ्ने, रोकिएको धन प्राप्त हुन सक्ने, नयाँ लगानीको वातावरण बन्न सक्ने, परिवारको साथ रमाइलो गर्न सकिने, स्वास्थ्य पनि अनुकुल रहने समय छ। शेयर बजारबाट पनि लाभ लिन सकिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंहका लागि आज दिन राम्रो रहेको छ । चन्द्र ग्रहको गोचर कर्मस्थानमा भएकाले कामबाट सन्तुष्टि र मानसिक तनाव कम हुनेछ। रोकिएका कार्यहरु सफल हुनुका साथै नयाँ कार्यको थालनीको लागि समय शुभ छ। आर्थिक क्षेत्र सबल रहनेछ। पारिवारिक वातावरण आनन्दित रहन सक्छ। पढाईमा सफलता तथा शेयर बजारबाट लाभ मिल्ने समय रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । चन्द्र ग्रह गोचरमा नवम स्थानमा रहेकाले आज सामाजिक तथा धार्मिक कार्यमा ध्यान दिँदा कार्य सफल हुन सक्छ। स्वास्थ्य सामान्य नै रहनेछ। आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रुपमा अगाडि बढ्न सक्छ। पारिवारिक आनन्द कायम रहनेछ। पढाईमा उचित ध्यान दिंदा सफलता मिल्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ। मन चन्चल तथा अशान्त रहन सक्छ। खर्चको मात्रा बढ्नुका साथै स्वास्थ्य पनि कमजोर रहन सक्छ। परिवार वा आफन्तसँग विवाद हुन सक्छ। चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहन आवश्यक छ। विद्यार्थीले पढाईमा ध्यान दिन आवश्यक छ। शेयर बजारमा कारोबारको लागि समय उचित छैन।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ। चन्द्र ग्रह सप्तम गोचरमा रहेकाले पति वा पत्नीबीच रहेको असमझदारी हटेर सम्बन्ध सुधार हुन सक्छ। साझेदारी कामबाट लाभ लिन सकिन्छ। व्यवसाय बढ्नुका साथै आम्दानी पनि बढ्न सक्छ। पढाईको क्षेत्र पनि आज राम्रो रहन्छ भने शेयर बजारबाट मध्यम लाभ लिन सकिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्य राम्रो र मन शान्त रहन सक्छ । सानो प्रयासले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ । व्यवसाय पनि राम्रो हुन सक्छ। पठनपाठनमा सुधार हुनेछ। शेयर तथा अन्य आर्थिक कारोबारबाट नाफा लिन सकिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय हुन सक्छ भने विद्या, बुद्धिको विकास हुनेछ । पारिवारिक सहयोग प्राप्त हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । अनावश्यक विवादमा समय व्यतित हुन सक्छ।आज मानसिक तनाब बढ्न सक्छ भने खर्च पनि केहि मात्रामा बढ्न सक्छ। विद्यार्थीले पढाई बढी ध्यान दिनुपर्छ। आज व्यर्थको यात्रा वा भागदौड हुन सक्छ। आर्थिक कारोबार आज कम गर्दा राम्रो हुन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ। प्रशासनिक कामहरु आज बन्न सक्छन्। आफ्नो मानसम्मान तथा कीर्ति बढ्ने किसिमको काम गर्न सकिन्छ। दाजुभाई तथा सहकर्मीको सहयोग पनि मिल्न सक्छ। पारिवारिक क्षेत्र आज राम्रो रहन सक्छ। पढाईमा पनि आज ध्यान जान सक्छ। शेयर बजारबाट नाफा आर्जन गर्न सक्ने शुभ समय छ।

 

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै
प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति
हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरी नियन्त्रणमा
मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरी नियन्त्रणमा