१२.५८ अंक बढेर सेयर बजार २६०० माथि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
१२.५८ अंक बढेर सेयर बजार २६०० माथि

सारांश

  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आज आइतबार १२.
  • ५८ अंकले बढेर २६०१.
  • २१ अंकमा बन्द भएको छ ।

६ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आज आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो । अघिल्लो दिन बुधबार २५८५.८६ अंकमा बन्द भएको थियो । गएको साता फाइनान्स सेक्टरमा ठूलो गिरावट आए पनि आइतबार भने बढेको छ ।

यसका साथै हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक र अन्य सेक्टर बढेका छन् भने होटल तथा पर्यटन र म्युचुअल फन्ड भने घटेका छन् । फाइनान्स कम्पनीका लगाीकर्ताले गएको साता बढी जोखिम महसुस गरेर सेयर बिक्री गरेका थिए ।आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर छ । नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ बराबर कारोबार भएको छ । आज बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशत बढेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ९.०९, सामलिङ पावर कम्पनी ७.४६, नेपाल

रिपब्लिक मिडिया ७.३७ र एनएमबी डिबेन्चरको ७.३५ प्रतिशतले मूल्य बढेको छ । आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । त्यस्तै एनआईसी एसिया सेलेक्ट फन्ड ६.९३, रिभर फल्स पावर ६.४५, ११ प्रतिशत केबीएल डिबेन्चर ५.२५ र अपर हेवाखोला हाइड्रोपावरको ४.४२ प्रशितले घटेको छ। आइतबार सबैभन्दा धेरे एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै २६ करोड ८५ लाखको कारोबार भएको छ । त्यस्तै सुपर मादी हाइड्रोपावरको २४ करोड ४५ लाख, सानिमा मिडिल तमोर हाइड्रोपावरको १५ करोड १५ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]
सडकको बील पास गर्न १ लाख घुस माग्ने गाउँपालिकाका लेखा अधिकृत रंगेहात पक्राउ
सडकको बील पास गर्न १ लाख घुस माग्ने गाउँपालिकाका लेखा अधिकृत रंगेहात पक्राउ
कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन
कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन
भूमि विधेयक प्रतिनिधिसभामा पेस
भूमि विधेयक प्रतिनिधिसभामा पेस
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा